stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

प्रमोदको स्वर, रविको शब्दमा रहेको ‘बेग्लै खुशी’ सार्वजनिक

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको ‘बेग्लै खुशी; बोलको म्युजिक भिडियो ओएसआर डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा रवि के अधिकारीको शब्दहरूलाई राजेन्द्र वाइवा तामाङले संगीतबद्ध गरेका छन्। गीतको मिक्स र मास्टरिङ महेश्वर मान राजभण्डारीले गरेका हुन् ।

भिडियोलाई आकर्षक बनाउन मेकअपमा समारा जोशी र क्यामेरामा दिनेश पराजुलीले साथ दिएका छन्। भिडियोमा करुणा श्रेष्ठ र आकाश श्रेष्ठले प्रेमिल जोडीको भूमिका निर्वाह गरेका छन्।

भिडियोले विशेष रूपमा प्रेम सम्बन्धमा आउने उतारचढाव र सँगै बिताएका रमाइला क्षणहरूलाई प्रस्तुत गरेको छ, जसले प्रेमको गहिराइलाई दर्शाउँछ।

चनु थापा निर्मात्री रहेको यस भिडियोलाई निर्देशक निकेश खड्काको उत्कृष्ट निर्देशनमा तयार पारिएको हो। भिडियोको सम्पादन बिकाश धमलाले गरेका हुन्।

यो म्युजिक भिडियोले धेरैको मन जित्ने अपेक्षा गरिएको छ। निर्माण टिमले सबैलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

prabhu mahalaxmi
kumari bank
kumari