stcnepal long ad
ime life insurance
global ime bank long

‘ओ हेलो’को साथमा आए टिका र निरज  (भिडियो )

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ र मोडल सायद श्रेष्ठ बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण ‘ओ हेलो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

अस्ट्रेलियाको मेलबर्नमा छायाँकन गरिएको यस भिडियोलाई सायद श्रेष्ठले कोरियोग्राफी गरेका हुन्। भिडियो संजय सेन्चुरीको छायाँकन,सम्पादन र निर्देशनमा तयार पारिएको हो। ‘बाबा फिल्म प्रडक्शन’ नामक युट्युव च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

प्रेमिल शैलीको यस गीतमा गायिका टिका प्रसाई र गायक निरज खतिवडाको सुमधुर स्वर रहेको छ। गीतमा शब्द पुष्प लम्सालको रहेको छ।

गायक खतिवडाले संगीतवद्द गरेको यस गीतलाई रोशन मिश्रले संगीत संयोजन गरेका हुन्। भिडियोले दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

prabhu mahalaxmi
kumari