रामकुमार र आशाको स्वरमा ‘तिमि नै त हो’ (भिडियो)
काठमाडौं । काँठे भाकाका गीत गाएर स्रोताको मन जितिरहेका गायक रामकुमार नेपाली तथा गायिका आशा केसीको स्वरमा ‘तिमी नै त हो’ बोलको नयाँ यूगल गीत सार्वजनिक भएको छ ।
कर्णप्रिय शब्द तथा मेलोडियस संगीतमा आधारित यो गीतमा अमृत भारतीको शब्द, रामकुमार नेपालीकै संगीत तथा संगीत संयोजन रहेको छ ।
गीतको भिडियो रमाइलो बनेको छ । सुकुटे होलिडेज बीच रिसोर्टमा छायांकन गरिएको यो गीतको म्युजिक भिडियोमा सरोज गिरी, समिता गीरी, राज गिरी, मुना भूर्तेल आदि कलाकारहरुले अभिनय गरेका छन् ।
रामकुमार नेपालीको निर्देशनमा बनेको भिडियोलाई विनय भारतीले छायांकन गरेका हुन् । कल्पेश विश्वकर्माले यो भिडियो सम्पादन गरेका हुन् । गायिका आशा केसीको यूट्युब च्यानलबाट यो भिडियो सार्वजनिक गरिएको हो ।