citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

‘कमेडी च्याम्पियन ३’ को उपाधि खड्कालाई

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ ।  प्रतियोगितात्मक कार्यक्रम ‘कमेडी च्याम्पियन’ तेस्रो संस्करणको उपाधि काठमाडौँका सुनिल खड्काले जित्नु भएको छ । अन्तिम प्रतिष्पर्धामा अन्तिम तीनमा रहनुभएका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उहाँ ‘च्याम्पियन’ बन्नुभएको हो ।

विजेता घोषित भएसँगै उहाँले नगद रु पच्चीस लाखसहित विभिन्न आकर्षक उपहार प्राप्त गर्नुभयो । प्राप्त मतको आधारमा सुनसरीका काफ्ले दोस्रो (फस्ट रनरअप) र नवलपरासीकी खनाल तेस्रो (सेकेण्ड रनर अप) बन्नुभयो ।

प्रतियोगिताको निर्णायकमा हास्य कलाकार सन्तोष पन्त, कलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा निर्णायकको रुपमा हुनुहुन्थ्यो

himalayan life insurance
igi long