stcnepal long ad
ime life insurance
national life
global ime bank long

मिस नेपाल २०२४ मा २६ जना युवतीहरुले प्रतिस्पर्धा गर्ने 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ३० औँ संस्करणको ‘मिस नेपाल २०२४’  देशका विभिन्न स्थानको प्रतिनिधित्व गर्ने २६ जना युवतीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।

देशकै यो वृहत सौन्दर्य प्रतियोगिताको ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्ने २६ जना प्रतिस्पर्धीहरुलाई शुक्रवार साँझ ललितपुरमा आयोजित एक समारोहमा स्याज तथा कन्टेस्टेन्ट नम्बर वितरण गरिएको छ ।

मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरका अध्यक्ष अजय स्थापित, पूर्व अध्यक्ष दिवाकर राजकर्णिकार, पूर्व अध्यक्षहरु सुवर्ण क्षेत्री, सुरेश बहादुर मल्ल लगायतले प्रतिस्पर्धि सुन्दरीहरुलाई स्यास वितरण गरेका हुन् ।

त्यस क्रममा हरेक सहभागिहरुले आफ्नो छोटो परिचय दिएका थिए । यसपटकको मिस नेपालमा अष्ट्रेलिया, अमेरिका, बेलायत तथा हङकङमा अध्ययन तथा रोजगारीको क्रममा बसोबास गरिरहेका नेपाली युवतीहरुले सहभागिता जनाइरहेका छन् ।

त्यस्तै यो प्रतियोगितामा कानून संकायमा अध्ययनरत सुन्दरीहरुको संख्या पनि बढी छ भने समाजशास्त्र, मानविकी, सूचना प्रविधि, नर्सिङ तथा दन्त चिकित्सा सेवामा सक्रिय भएका सुन्दरीहरु पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।

समारोहमा मिस नेपाल २०२४ व्यवसायिक आवद्धता जनाउने कम्पनीहरुको बारेमा जानकारी गराइएको छ थियो ।

यस वर्षको मिस नेपालमा सहभागिहरुको नामावली
आँचल खत्री,अम्बिका राणा, अनिशा मल्ल,अञ्जना पुन,आश्मा कुमारी केसी,दीक्षा अवस्थी,दृष्टि थापा,इभा गिरि,इरिना श्रेष्ठ,करुणा रावत,किम्ती श्रेष्ठ,ललिता सेरबुजा मगर,
निभिता चापागाईं,प्रसुना भुसाल,प्रिरविता सिंह स्वाँर,पूजा बराल,राधिका थापा,रोशनी दाहाल,शामिन कोइराला,सायरा खड्का,समीक्षा निरौला,श्रद्धासुमन सिलवाल,सिम्रिका मानन्धर,सुभेक्क्षा कार्की,सुमना केसी,उर्जा नेवाः

IME Lifesidebar
kumari