citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

इतिहास रच्दै संस्कृतमा श्रेजुको ¥याप गीत ‘जय होस’ सार्वजनिक

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । बाल गायिका श्रेजु वाग्लेको स्वर रहेको ¥याप गीत ‘जय होस’ को भिडियो सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गरि भिडियो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा  महिला बाल–बालिका तथा जेष्ट नागरिक मन्त्री भगवती चौधरी, माननीय डा. रेखा यादव, प्रसिद्ध ¥याप गायक निर्णय श्रेष्ठ (एनएसके) तथा विश्व किर्तिमान एवं बरिष्ठ पत्रकार हरि गोपाल प्रधानले ‘जय होस्’ को गीत भिडियो विमोचन गरेका थिए ।

मन्त्रीज्यूले श्रेजुको आत्मविश्वासको प्रसंशा गर्दै उज्जवल भविष्यको शुभकामना दिनुभयो । साथै बरिष्ट पत्रकार हरि गोपाल प्रधानले आफ्नो नयाँ गीतमा श्रेजुको स्वर र ¥याप राख्ने प्रतिवद्धता दिनुभयो ।

¥याप गायक निर्णय श्रेष्ठ (एनएसके) ले यसरी नै अगाडि बढ्दै आफ्नो माटो र मौलिकतालाई समेट्दै जानु भन्दै शुभकामना दिनुभयो । श्रेजुका पिता तथा गीतका रचनाकार खुशीको आँसु झारी बोल्न लाग्दा निःशब्द भई आशिर्वाद दिनुभयो ।

शेखर वाग्ले (सिड) को शब्द र संगीत रहेको गीतमा डीजेएलएक्स पौडेलको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ । विकास प्रसाईको निर्देशन रहेको भिडियोमा गायिका श्रेजु, वरिष्ठ ¥याप गायक निर्णय एनएसके, डीजेएलएक्स पौडेल, शेखर लगायत फिचर्ड छन् । भिडियोमा गीत रेकर्डदेखि भिडियो बनाइएकोसम्मका दृश्य समेटिएका छन् ।

९ वर्षका श्रेजुले नेपाली र संस्कृत भाषामा गाएको यो गीत नेपालमै सम्भावित पहिलो हुनसक्छ । उक्त गीतको भिडियो बाबा–छोरी युट्युव च्यानलमा हेर्न सकिने छ । बाबाछोरीको रेडियो कार्यक्रम पनि हामी ईमेज न्यूज एफएम १०३.६ मा सुन्न सक्छौं ।

बाबाछोरीका अनुसार उहाँहरुको प्रेरणाको स्रोत निर्णय श्रेष्ठ (एनएसके) हुन् । उक्त गीतको लिङ्क तल दिइएको छ ।

 

himalayan life insurance
igi long