citizens life insurance long ad
stcnepal long ad

९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूको माग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले लिने परीक्षाको नतिजा ९० दिनभित्र सार्वजनिक गर्न विभिन्न ६ वटा प्राध्यापक संगठनहरूले माग गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयले लिने परीक्षाको नतिजा ९० दिनभित्र सार्वजनिक गर्न माग गरेका हुन् ।

विश्वविद्यालयका प्राध्यापक सङ्घ सङ्गठनहरूले उपकुलपतिलाई बुझाइएको ज्ञापनपत्रमा विभिन्न १५ बुँदे मागहरू अघि सारेका छन् । उपकुलपति बरालको नियुक्तिपछि त्रिविमा नयाँ नियुक्ति तथा सरुवामा मनोमानी गरिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।

आफ्नो नियुक्ति पश्चात् नै वैचारिक सङ्घर सङ्गठन, विद्यार्थी, प्राध्यापक तथा कर्मचारीमाथि विभिन्न खालका धारणा राखेको भन्दै ती धारणा तथा गरिने व्यवहार नेपालको संविधानको धारा १७ को(घ) मा उल्लिखित सङ्घ सङ्गठन खोल्ने हक तथा त्रि.वि. ऐन, नियम र विनियम विपरीत रहेको उनीहरूले स्मरण गराएका छन् ।

नेपालको संविधान र विश्वविद्यालयको कानुनले व्यवस्था गरेको प्राज्ञिक स्वतन्त्रता र संस्थागत स्वायत्ततामाथि धावा बोल्दै शिक्षामन्त्रीको उपस्थितिमा त्रिवि परिसरमा गरिएको पत्रकार सम्मेलन विश्वविद्यालयको स्वायत्ततामा गरिएको हस्तक्षेप भएकाले यस्ता कार्यहरू तत्काल बन्द गर्न माग गरेका छन् ।

त्यस्तै नेपाल सरकारले प्रस्ताव गरेको उच्च शिक्षा विधेयक २०८० सम्बन्धमा त्रिभुवन विश्वविद्यालयको आधिकारिक धारणा सार्वजनिक गरिनुपर्ने समेत उनीहरूको माग छ ।

विश्वविद्यालयको नियमित शैक्षिक एवं प्राज्ञिक क्रियाकलापको सुनिश्चितता गर्न एकै मितिमा विद्यार्थी भर्ना, परीक्षा र नतिजा प्रकाशनको क्यालेन्डर निर्माण गरी अविलम्ब लागु गरिनुपर्ने माग उनीहरूको छ ।

सभा (कन्फरेन्स) उत्तरपुस्तिका परीक्षणको व्यवस्था गरी वार्षिक परीक्षाको नतिजा ९० दिनभित्र र सेमेस्टर प्रणालीको परीक्षा नतिजा ६० दिनभित्र प्रकाशन गर्ने व्यवस्था गरिनुपर्ने र परीक्षा सम्बन्धी गोप्य डाटा राखिने सफ्टवेयरलाई अमुक व्यक्तिको नियन्त्रणबाट विश्वविद्यालयको मातहतमा ल्याई हरेक सूचना प्रणाली व्यवस्थित गरिनुपर्ने उनीहरूको माग छ।

IME Life
kumari