citizens life insurance long ad
stcnepal long ad

सामाजिक सञ्जालमा भुवन र साम्राज्ञीको दोहोरी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । केही दिनदेखि सामाजिक सञ्जालमा नायक भुवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहबीच दोहोरी नै चलेको छ । उनीहरूले एक अर्कालाई आरोप लगाउँदै चलचित्रको छायाङ्कनका क्रममा भएको एक अर्काको व्यवहारमाथि टिप्पणी गरिरहेका छन् ।

शुक्रवार अभिनेत्री साम्राज्ञीले फिल्मको सुटिङ सेटमा कलाकार माथि निर्माता र निर्देशकले गर्ने नराम्रा व्यवहारको बारेमा आफ्ना भोगाईहरु सार्वजनिक गरिन् ।

उनले एक भिडियोमार्फत् आफूले ८ फिल्ममा काम गर्दा धेरै नराम्रा अनुभव भोगेको बताएकी थिइन् । सुटिङमा खाना र पानी माग्दा निर्माता र निर्देशकले अपशब्द बोल्ने गरेको उनको भनाई थियो ।

उनले आफ्नो भिडियोमा कुनै पनि मेकर वा चलचित्रको नाम लिएकी छैनन् । तर साम्राज्ञीले बारम्बार आफ्नो डेब्यु चलचित्रमा काम गर्दा आफूमाथि राम्रो व्यवहार नभएको बताउँदै आएकी थिइन् । उनको कटाक्ष निर्माता तथा अभिनेता भुवन केसीमाथि पनि केन्द्रित थियो ।

उनले कयैन् पटक विभिन्न अन्तर्वार्तामा फिल्म ‘ड्रिम्स’ को सुटिङ सेटमा आफूमाथि नराम्रो व्यवहार भएको खुलेर बोलेकी छन् । तर, उनका अभिव्यक्तिलाई लिएर भुवन केसीले कहिल्यै मुख खोलेका थिएनन् ।

आइतवार साँझ भने उनले फेसबुकमा आक्रोशपूर्ण स्टाटस लेखे । साम्राज्ञीलाई कटाक्ष गर्दै उनले ‘ड्रिम्स’ को नाम बेचेर अहिलेसम्म खाइरहेको आरोप लगाउँदै ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै आक्रोश पोखेका छन् । अभिनेता केसीले सामाजिक सञ्जालमा गर्ने अभिनय फिल्ममा गरेर देखाउन पनि आग्रह गरेका छन् । यसको जवाफ साम्राज्ञीले पनि फर्काएकी छन् ।

भुवन केसीले फेसबुकमा स्टाटस लेखेको एक घण्टापछि इन्स्टाग्राममा एक भिडियो पोस्ट्याउँदै साम्राज्ञीले भनेकी छन्, ‘एक जनाले के भन्नुभएको छ भने जुन थालमा खायो त्यही थालमा दुलो र्पायो ।

उहाँले मसँग राम्रो व्यवहार गर्नुभएको थियो भने यो अवस्था आउने नै थिएन । आज यो अवस्था आएकै उहाँले गर्दा हो ।’ उनले भिडियोमा भुवन केसीको नाम उच्चारण भने गरेकी छैनन् ।

उनले जापान अवार्डमा भुवन केसीले आफूमाथि नराम्रो व्यवहार गरेको आरोप पनि लगाएकी छन् । अवार्डमा अभिनेता केसीले भनेको कुरा सम्झँदै उनले थपेकी छन्, ‘तँ त मेरो प्रोडक्ट हो ।

अब पुरानो कुरा कोट्याएर के फाइदा, तँ एउटा ठाउँमा पुगिसकिस् यस्तो कुरा नगर भनेर मलाई सम्झाउनुभयो । त्यतिबेला मलाई भित्रैदेखि घिन लागिरहेको थियो । तै पनि हाँसेर बोलेँ ।’

ती कुराहरु भनिरहँदा भुवन केसीले आफूमाथि ह्यारेस्मेन्ट गरेको आशय व्यक्त गर्दै साम्राज्ञीले थपेकी छन्, ‘ती कुराहरु अलि टाढाबाट पनि भन्न सकिन्छ नी ।

गाला जोड्याएर, टाँस्सिएरै भन्नु पर्छ र रु छोरी अब यस्तो नगर है भन्दै गालामा मुख जोड्याएरै भनिराख्नुभएको थियो । तै पनि म सुनिरहेँ । उहाँलाई ‘अंकल’ भन्दा मन पर्दैन । त्यसैले मैले उहाँलाई ‘हुन्छ दाई’ भन्दै धकलेँ ।’

आफूमाथि नराम्रो व्यवहार गर्ने भुवन केसी पहिलो व्यक्ति नभएको पनि साम्राज्ञीको भनाई छ । एकाधबाहेक नेपालका ठूला ब्यानर भनिनेहरुले नयाँ कलाकारहरुको फाइदा उठाउने र प्रयोग गर्ने गरेको उनको आरोप छ ।

आफूमाथि भएको व्यवहार गलत भएको थाहा हुँदाहुँदै पनि फिल्म करिअरलाई असर पर्ने कारणले धेरैले यी कुरा बाहिर नल्याउन सुझाव दिएको उनी सम्झन्छिन् ।नायक भुवन केसीको निर्देशनमा बनेको चलचित्र ‘ड्रिम्स’ मार्फत नायिका शाहले डेब्यु गरेकी हुन् ।

IME Life
kumari