evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

खुला आकाशमा खुल्यो साम्राज्ञी र निश्चलको जोडी

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । आगामी २५ जेठबाट रिलिज हुने चलचित्र लन्डन टु पेरिसको पहिलो गीत खुला आकाश‘ मंगलबार काठमाडौंमा एक समारोहबीच रिलिज गरिएको छ ।

घनश्याम लामिछाने निर्देशित यो चलचित्रको यस गीतलाई हर्कुलस बस्नेतले लेखेका हुन् । जसमा संगीत र स्वर पनि उनकै छ । चलचित्रको पूरा स्कृप्ट पढेर आफूलाई यो गीत तयार गर्न तीन महिना लागेको गायक बस्नेतले कार्यक्रममा बताए ।

यही चलचित्रबाट डेब्यु गरेका अभिनेता निश्चल खड्कासँग अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई यस गीतको भिडियो रोमान्टिक भागमा प्रस्तुत गरिएको छ । लन्डनमा खिचिएको गीतका रमणीय दृश्यले दर्शकको मन जित्ने विश्वास निर्माण टिमको छ । भिडियोको दृश्य लोभलाग्दा छन् ।

यो चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी, निश्चल खड्का, कविर खड्का र गरिमा शर्मामा अलवा रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनीष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चलर गरिमाले यही सिनेमाबाट डेब्यु गरेका हुन् ।

यो चलचित्रबाट आफू र निश्चलको जोडी जम्ने यसकी अभिनेत्री साम्राज्ञीले कार्यक्रममा बताइन् । नयाँ भएर पनि निश्चलको काम खारिएको कलाकारको भन्दा काम नभएको साम्राज्ञीको कथन थियो । निश्चलले पनि साम्राज्ञीबाट आफूले धेरैकुरा सिक्न पाएको बताए ।

आफ्नो चलचित्रले यात्रा प्रेमलाई प्रस्तुत गर्ने यसका निर्देशक लामिछानेले कार्यक्रममा बताए, ‘हामीले बेलायतमा वैद्य रूपमा अनुमति लिएर छायांकन गरिएको यो चलचित्रलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाएका छौं ।

यो सिनेमा हेर्दा दर्शकलाई विदेशी सिनेमाकै गुणस्तर महसुस हुनेछ,’ निर्देशक लामिछानेले कार्यक्रममा भने । एबी इन्टरनेसनलको प्रस्तुति रहेको यो चलचित्रमा गौतम प्रोडक्सन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको पनि उनले बताए ।

यो चलचित्रमा अभेद परवको डीओपी, हर्कुलस बस्नेत, एसडी योगी, बियोन्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर रहेको छ । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मले सिनेमालाई नेपालभर वितरण गर्नेछन् ।

यो चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको यो चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रूपमा रहेका छन् ।

सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सहनिर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।

igi long
himalayan life insurance long ad