macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

मिसेस वल्र्डमा नेपाललार्ई ह्युमनिटेरियन अवार्ड

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । अमेरिकाको लास भेगासमा सम्पन्न ‘मिसेस वल्र्ड–२०२३’को उपाधि जर्मनी महिला जुलिया क्यारोलिनले जितेकी छिन् ।

विश्वका ५७ भन्दा बढी देशका महिलाहरुको सहभागिता रहेको यो प्रतियोगिताको अन्तिम चरण लागि विभिन्न ३८ देशका महिलाहरुले प्रवेश पाएका थिए ।

यिनै ३८ देशका महिलाबाट जुलियाले यो उपाधि जितेकी हुन् । मेडिकल डक्टर समेत रहेकी जुलियाले बालबालिका र जेष्ठ नागरिकको उपचारमा विशेष योगदान दिँदै आएकी छिन् ।

यो प्रतियोगिताको सेमि फाईनलसम्म पुगेको नेपालको पोल्टामा ह्युमनिटेरियन अवार्ड परेको छ । प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै भाग लिएकी मिसेस नेपाल वल्र्ड पृथ्बीया थापाले मिसेस वल्र्डमा ह्युमनिटेरियन अवार्ड जितेकी हुन् ।

मिसेस वल्र्डमा शिर्ष उपाधिबाहेक अन्य सात उपाधि रहेकोमा आफुले ह्युमनिटेरियन जित्न सफल भएको पृथ्वीयाले बताएकी छिन् ।

‘निकै ठुलो प्रतिस्पर्धामा उत्रेर पनि नेपालको लागि यो उपधि दिलाउन सक्नुलाई मैले एउटा ठिलै सफलताको रुपमा लिएको छु ।

आउँदा दिनमा हामीले अझ तयारी गरेमा मिसेस वल्र्डको उपाधि जित्न पनि सकिन्छ ।’ पृथ्वीयाले राजधानीसँग भनिन् । उनी उपाधि सहित यसै साता नेपाल आउँदै छिन् ।

मिसेस नेपाल वल्र्डको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले यो उपाधिलाई आफुहरुको ठुलो सफलताको रुपमा लिएका छन्,‘मिसेस वल्र्डमा हामीले भाग लिएको यो दोश्रो पटक हो । दोश्रो पटकमै एउटा मुख्य अवार्ड हाँसिल गर्नु पनि नेपालका लागि गर्वको कुरा हो ।’ उनले भने ।

himalayan life insurance
igi long
NTA long ad