stcnepal long ad
ime life insurance
global ime bank long

लिटिल मास्टर नेपाल–२०२३ को दोस्रो संस्करणको उपाधि स्वर्निम स्कूलमा अध्ययनरत अभिशेककृष्ण कर्माचार्यले जिते

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । लिटिल मास्टर नेपाल–२०२३ को दोस्रो संस्करणको उपाधि स्वर्निम स्कूलमा अध्ययनरत अभिशेककृष्ण कर्माचार्यले जितेका छन् । उनले उपाधिसँगै दश हजार रुपैयाँ नगदका साथै विभिन्न उपहार प्राप्त गरेका छन् ।

नाचघरमा आयोजित यो प्रतियोगितामा न्यू जेनिथ ईङ्लिश मोडेल स्कुलमा अध्ययनरत नविन देवकोटाले फस्ट रनर्सअपको उपाधिसहित आठ हजार रुपैयाँ प्राप्त गरे । रियलाईन्स रेसिडेन्सियल स्कुलका गौरव प्रजापती सेकेन्ड रनर्सअप हुँदै पाँच हजार रुपैयाँ जित्न सफल भए ।

कलश इभेन्टसद्वारा आयोजित उक्त प्रतियोगितामा १५ जना प्रतियोगीहरु थिए । आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यनरत फेसन डिजाइनका विद्यार्थीहरुले नेपालको झण्डा थीममा तयार पारेका पहिरनहरुमा सजिएर उनीहरु प्रतिस्पर्धामा उत्रिएका थिए ।

समजसेवी तथा पुस्तकालय विशेषज्ञ इन्दिरा दलीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त प्रतियोगिताका निर्णयक मण्डलमा यूरो किड्स थापाथलीका प्रिन्सिपल रामेश्वर श्रेष्ठ, ड्रेस डिजाइनर गीता मिश्र, संगीतकर्मी सुभाष प्रधान, तथा गायिका अन्जिला श्रेष्ठ थिए ।

वरिष्ठ नृत्य निर्देशक तथा फेसन कोरियोग्राफर रोहिया महर्जनको कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा संस्थाका कार्यकारी अध्यक्ष संजय महर्जनले कार्यक्रमले प्रतियोगीहरुबीच आफूभित्र लुकेका  प्रतिभालाई  प्रस्तुत गर्ने तथा  नेतृत्व तथा व्यक्तित्व विकास गर्ने सनौलो अवसर मिलेको बताए ।

प्रतियोगितामा निर्भेष श्रेष्ठले मल्टिमिडिया, प्रणब महर्जनले डिसिप्लिन, सार्थक मिश्राले लिडरशिप, उबन महर्जनले एथ्लेटिक, आरोन डंगोलले फ्रेण्डशीप, न्हूज मानन्धरले एकेडेमिक, त्रिनभ महर्जनले ट्यालेन्ट, जतिन मित्रुकाले फोटोजेनिक, आरोन प्रजापतिले पर्सनालिटी, सुभान महर्जनले चार्मिङ, रोनिष महर्जनले स्माइल, आरुष महर्जनले इन्टेलिजेन्टको शीर्ष उपाधि जित्न सफल भएका थिए ।

prabhu mahalaxmi
kumari