macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

छायाँकनमा महेश र सृष्टीको ‘११:५५’

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । अभिनेता महेश त्रिपाठी र अभिनेत्री सृष्टी श्रेष्ठ नयाँ चलचित्र ‘११ः५५’मा अनुबन्धित भएका छन् । यो चलचित्रको शनिबारबाट काठमाडौंदेखि छायाँकन सुरु हुँदैछ ।

अष्ट्रेलियामा बस्दै आएका अभिनेता निर्देशक एमएस अग्रज र नव निर्देशक केशब पाण्डेले चलचित्र ‘११ः५५’ निर्माणको घोषणा गरेका छन् । यो चलचित्रलाई केशब पाण्डेले निर्देशन गर्दैछन् । यो चलचित्रमा महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धी तामाङ, एमएस अग्रजलगायत मुख्य भूमिका रहने छ ।

‘म राम्रो दर्शक हुँ । विगत एक दशकदेखिको चलचित्र सम्बन्धी अनुभवलाई सङ्गालेर कथा तयार गरेको हुँ’, निर्देशक पाण्डेले भने,‘यो चलचित्रमा कथा नै स्टार हो । यहाँ कलाकार भन्दा पनि पात्र देखिनेछन् ।’

सस्पेन्स थ्रिलर जनरामा निर्माण हुने यो चलचित्रलाई निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले लेखेका हुन् । विचित्र फिल्म्सको निर्माण तथा गुड जब आर्ट्सको सहकार्यमा निर्माण हुने चलचित्रमा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सह निर्माता हुन् ।

चलचित्र ‘११ः५५’ मा ६ जनाको कथा देखाईने यसका निर्माता अभिनेता एमएस अग्रजले जानकारी गराएका छन् । आफ्नै विशेषता बोकेका व्यक्तिले निम्त्याउने स–साना घटनाक्रमले सिर्जना गर्ने परिस्थिति चलचित्रमा देखाईने छ ।

चलचित्रको घोषणा समारोहमा बोल्दै अभिनेत्री सृष्टी श्रेष्ठले यो चलचित्रको कथा निकै प्रभावशाली भएको जिकिर गरिन्, ‘मैले या चलचित्रको कथा पढेपछि यसले मेरो करिअरलाई अगाडि बढाउन मद्धत पु¥याउँछ भनेर यो ११ः४५ मा आबद्ध भएँ ।’

यो चलचित्रमा आफ्नो पनि निकै फरक भूमिका भएको अभिनेता महेश त्रिपाठीले भने,‘मैले अहिलेसम्म आफूलाई प्रस्तुत गर्न नपाएको भूमिकाले आकर्षित गरेर सहकार्य सम्भव भएको हो । नयाँ निर्देशक भए पनि केशब पाण्डेको स्टोरी टेलिङ शैलीबाट म प्रभावित भएँ ।’

चलचित्रमा प्रद्युमन मिश्रको छायाङ्कन, पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यको सङ्गीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन, सायदको कार्कीको मुख्य सहायक निर्देशन र सुवासराज काफ्लेको प्रोडक्सन डिजाइन रहनेछ ।

himalayan life insurance
igi long
NTA long ad