stcnepal long ad
ime life insurance
global ime bank long

मिसे एन्ड मिसेस हेरिटेज्मा नेपाल असफल

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सम्पाद संरक्षण र प्रवर्धनको नारा सहित केही वर्ष अघिबाट नेपाली आयोजकले बिदेशीसँग मिलेर आयोजना गरेको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज् प्याजेन्टस् २०२३’मा नेपालले कुनै पनि शिर्ष उपाधि हाँसिल गर्न सकेन ।

प्रतियोगीतामा मिस तर्फको उपाधि जापानकी एरिका हाराले र मिसेस तर्फ विजेता भेनेजुएलाकी वुवान्दर जिर्लेथ क्यासानोभाले प्राप्त गरे ।

थाइल्याण्डको बैंककमा आयोजित प्रतियोगीतामा मिसेस् तर्फ स्वीडेनकी म्याडेलिन वालग्रेन भिकेरी फस्ट रनर्स अप, न्युजिल्याण्डकी एली स्मीथ लाइन्स सेकेन्ड रनर्स अप, मंगोलियाकी ड्यासबाल्जिड मंखजुल थर्ड रनर्स अप तथा केन्याकी सिन्थिया किमाथि फोर्थ रनर्स अपका भए ।

त्यसैगरी मिस तर्फ नाइजेरियाकी ट्रेसी सोलोमोन फस्ट रनर्स अप, मेक्सिकोकी भ्यानेली उलेट सेकेन्ड रनर्स अप, केन्याकी प्रुडेन्स टेन्डवा थर्ड रनर्स अप तथा रसियाकी बेला टोट्रोभा फोर्थ रनर्स छनौट भएका थिए ।

ईप्लानेट पिटिई लिमिटेड सिंगापुरको आयोजनामा प्रतियोगीता आयोजना भएको थियो । ईप्लानेटका अध्यक्ष नेपालका सन्तोष सापकोटाले यसलाई आगामी दिनमा अझ भव्य बनाउने बताए । प्रतियोगिताको कोरियोग्राफर नेपाली फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए ।

prabhu mahalaxmi
kumari