citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

इन्डियन आइडलमा पौडेलको उच्च सम्मान

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । बलिउड अभिनेता रणवीर कपुरलगायतका कलाकार र सङ्गीतकारले नेपाली गायिका मेनुका पौडेलको उच्च प्रशंसा गर्नुभएको छ ।

पछिल्लो समय इन्डियन आइडलमा सहभागी भई आफ्नो प्रस्तुति दिइरहनुभएकी पौडेलको बिहीबारको प्रस्तुति हेरेपछि कपुरले उहाँलाई ‘सङ्गीतकी देवी’ भन्दै खुट्टा छुएर प्रशंसा गर्नुभएको थियो ।

आफ्नो चलचित्र ‘एनिमल’ को प्रचारको क्रममा कपुर र अभिनेतृ रश्मिका मन्दन्ना इन्डियन आइडलको सोमा पुग्नुभएको थियो ।

मेनुकाले रणवीरको चलचित्र ‘तमासा’ को गीत ‘अगर तुम साथ हो’ गाउनुभएको थियो । गीतपछि भावुक बनेका रणवीर र रश्मिकाले स्टेजमा गएर मेनुकाप्रति सम्मान दर्साउनुभएको हो ।

दृष्टिविहीन मेनुकालाई उहाँले भन्नुभयो, “मेनुकाजी मेरो नाम रणवीर हो । म तपाईंबाट आशीर्वाद लिन चाहन्छु । हामी श्रेयाजीलाई देवी भन्छौँ । देवी नम्बर २ हाम्रो साथमा साक्षात् रूपमा उपस्थित हुनुहुन्छ ।’’

gold
himalayan life insurance long ad