रचना रिमाल र राजन बरालको “माया सिम्ले छौ कि जल्किनी” गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । लोकप्रिय गायिका रचना रिमाल र गायक राजन बरालको स्वरमा रहेको लोक आधुनिक गीत “माया सिम्ले छौ कि जल्किनी” बडा दशैँ २०८० को फूलपातीका दिन सार्वजनिक भएको छ ।
डा। खगराज बराल (श्रमिक) को शब्दमा रहेको यस गीतको सङ्गीतमा राजन बराल, सङ्गीत संयोजन र गितारमा मनोहर सुनाम, सारङ्गीमा हेमन्त कान्छा रसाइली, बाँसुरीमा गोपाल देव, रिदममा भरत बुढाथोकी छन् ।
मुनलाइट इन्टरनेसनल मिडिया प्रा।लि।ले निर्माण गरेको यस म्युजिक भिडियोमा श्याम ढकालको निर्देशन रहेको छ।
नगरकोट र साँखुको प्राकृतिक दृश्यमा छायाङ्कन गरिएको यस म्युजिक भिडियोको छा याङ्कन कृष्ण महराले गरेका छन् ।
युवा वयका दुई मायालु जोडीबीच पिरतीले भरिएको यस म्युजिक भिडियोमा नव उदीयमान कलाकार सन्तोषकुमार दाहाल र देवी त्रिपाठीको अभिनय रहेको छ ।
यो म्युजिक भिडियो मुनलाइट इन्टरनेसनल मिडिया प्रा.लि.को अफिसियल युट्युब च्यानल मुनलाइट मिडिया @moonlightmedia3548 बाट सार्वजनिक भएको छ । म्युजिक भिडियो https://youtu.be/WJAlQFtW7tg मा क्लिक गरी हेर्न सकिन्छ ।
४ कात्तिक २०८०, शनिवार १९:२६ बजे प्रकाशित