stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

इजरायल रोजगारी: कृषिमा हजार नेपाली लैजाने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने सम्बन्धमा दुई देशका प्रतिनिधिबीच पहिलो चरणको छलफल भएको छ । कृषि क्षेत्रका लागि जाने नेपाली श्रमिकको छनोट, योग्यता तथा अन्य मापदण्डका बारेमा पहिलो चरणको छलफल भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा। थानेश्वर भुसालले इजरायलले छनोट लगायतका मापदण्डको प्रस्ताव पठाएपछि थप प्रक्रियाका बारेमा काम गर्ने बताए ।

‘इजरायलले तत्कालै छनोट तथा योग्यता सम्बन्धी प्रस्ताव पठाउने जनाएका कारण त्यसको प्रतिक्षमा रहेका छौं,’ उनले भने, ‘इजरायलले कस्ता श्रमिक लैजाने भन्ने टुंगो लगाएपछि मात्र छनोटसम्बन्धी गाइडलाइन बनाउँछौं ।’

श्रम मन्त्रालयले भने नेपालबाट कृषि कामदार लैजाने सम्बन्धमा अध्ययन गर्न १ महिनाअघि नै टोली गठन गरेको थियो । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

prabhu mahalaxmi
kumari