हिमालयन एभरेष्ट इन्स्योरेन्समा रोजगारीको अवसर
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एचआर म्यानेजर, लोजीस्टीक्स एण्ड एडमीन म्यानेजर र कमुनीकेशन एण्ड कस्टोमर सर्भिस अफिसर पदका लागि १/ १ जनाका दरले कर्मचारी माग गरेको छ । कम्पनीले आफ्नो केन्द्रिय कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारहरुले स्नातकदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाइएको छ ।
ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले कम्पनीको आधिकारीक इमेल मार्फत आवश्यक कागजात सहित असोज ६ गतेभित्र आवेदन दिनुपर्नेछ ।