macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

प्रभु इन्स्योरेन्सले माग्यो धेरै संख्यामा कर्मचारी, आवेदन दिन दुई दिन बाँकि

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले माग गरेको कर्मचारी दरखात फारम असोज २३ गतेसम्म भर्न पाइनेछ । कम्पनीले ६ वटा ब्रान्च तथा उप ब्रान्चका लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ ।

कम्पनीले वीरगंज प्रदेश शाखा कार्यालयका लागि १ जना, कटारी उप शाखाका लागि केही, धरान शाखा कायाृलयका लागि, चपुर शाखा कार्यालयका लागि, दमौली शाखा कार्यालयका लागि र जनकपुर उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले यी विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि डेपुटी म्यानेजर, म्यानेजर, जुनियर असिस्टेन्ट, सिनियर असिस्टेन्ट, अफिसर, जुनियर तथा सिनियर अफिसर पदहरुका लागि कर्मचारी माग गरेको हो ।

डेपुटी म्यानेजर, म्यानेजर पदहरुका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक वा स्नाकोत्तर गरेको हुनुपर्ने जनाएको छ भने जुनियर अफिसर र अफिसरका लागि प्लस टु उर्तिण गरेको हुनुपर्नेछ ।

ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात असोज २३ गतेभित्र आवेदन दिन सक्नेछन् । मार्केटिङ तथा अन्डरराइटिङमा अनुभव भएको हुनुपर्ने समेत कम्पनीले बताएको छ ।

२१ असोज २०८०, आइतवार ०७:३२ बजे प्रकाशित

NTA long ad