हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा रोजगारीको अवसर

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ ।
कम्पनीले कर्णाली प्रदेश प्रमुखका लागि १ जना र एक्सटेन्सन काउन्टर रिप्रिजेन्टिभसका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
उक्त पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्लस टु तहदेखि स्नातक तह उर्तिण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन सकिने छ ।
९ असोज २०८०, मंगलवार १४:४४ बजे प्रकाशित