sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

आज यी गाडीहरू मात्रै चल्न पाउँछन ?

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । आज प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेका गाडीहरू मात्रै सञ्चालन गर्न पाइने भएकाले आज गाडी चलेका छैनन् ।

दैनिक उपभोगका वस्तु बोक्ने तथा अत्यावश्यक सेवाका गाडी निर्बाध रूपमा चलाउन पाइने आयोगले जनाएको छ ।

आज बिरामी बोकेको एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने गाडी, दमकल, शव वाहन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले आवत जावतका लागि गाडी चलाउन पाउँछन् ।

सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अरू त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानुन बमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चार गृहबाट जारी परिचयपत्रवाहक सञ्चारकर्मीले पनि निर्बाध रूपमा गाडी चलाउन पाउने निर्वाचन आयोगले जनाएको छ ।

यस्तै दूरसञ्चार तथा केबुल सेवाका लागि प्रयोग हुने गाडी, निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने गाडी, फोहोर मैला ओसारपसार गर्ने गाडी, तरकारी, फलफूल तथा विद्युत् सेवाका लागि प्रयोग हुने गाडी, कूटनीतिक नियोग, युएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको गाडी, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको गाडी, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको गाडी, आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने गाडीका लागि अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । तर त्यस्ता गाडी मतदाता ओसारपसार गर्ने कामको लागि प्रयोग गर्न पाइने छैन ।

अपाङ्गता भई आफैँ हिँडडुल गर्न नसक्ने व्यक्तिको लागि वासस्थानदेखि मतदान केन्द्रसम्म र मतदान केन्द्रदेखि वासस्थानसम्म आवतजावत गर्न अवधि कायम रहेको पूर्ण अशक्त वा अति अशक्त अपाङ्गता परिचयपत्रका आधारमा गाडी चलाउन सकिने आयोगले जनाएको छ ।

यस्ता छन् आज चल्ने गाडीहरू :

prabhu bank
nawakantipur long