sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

मंसिर ४ मा ७५ प्रतिशत मत खस्ने आयोगको प्रक्षेपण, बदर मत १ प्रतिशतमा झार्ने लक्ष्य

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । निर्वाचन आयोगले आसन्न निर्वाचनमा ७५ प्रतिशत मत खस्ने अपेक्षा गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदातामैत्री केही प्रावधानले ७० देखि ७५ प्रतिशतसम्म मत खस्ने आयोगको अपेक्षा रहेको बताए ।

स्थानीय तह निर्वाचनमा पनि यही हाराहारीमा मत खसेको, अहिले मतदान गर्नुहुँदैन भन्ने पक्ष र जनमत बलियो नभएको, यो दुइटा निर्वाचन भएको, उम्मेदवार पनि ११ हजार हाराहारी रहेको, ८० भन्दा बढी दलले राजनीतिमा भाग लिएको, दलका संगठनमा आबद्ध तथा शुभचिन्तकहरूको सक्रिय सहभागिता रहेकाले एक करोड ३३ लाखभन्दा बढी मत खस्ने आयोगको विश्वास रहेको उनले बताए ।

साढे चार लाख अस्थायी मतदाताले पनि मत हाल्न पाउने अवस्था, दुई दिन सरकारी बिदा, निजी क्षेत्रले पनि दुई दिन बिदा दिने सहमति जनाएकाले मत हाल्ने संख्या बढ्ने प्रमुख आयुक्त थपलियाको भनाइ छ ।

सवारीमा कडा नीति नलिएको, सहमतिमा चलाउन दिने नीति र हवाई उडान खुलै भएकाले यी सबै सहजताले मतदान बढ्ने थपलियाको भनाइ छ । प्रमुख आयुक्त थपलियाले ९९ प्रतिशत सदर मत खस्नेमा आयोग ढुक्क रहेको बताए ।

‘हाम्रो प्रयास शतप्रतिशत सदर हो । ९९ प्रतिशत सदर नै हुन्छ । बढीमा एक प्रतिशत बदर हुन सक्ने हाम्रो अनुमान छ,’ उनले भने ।

यसमा मतदाता जागरुक भएको, वडासम्मै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको, मतपत्र ठूलो र स्पष्ट भएकाले बदर मत घट्ने उनको भनाइ छ ।

prabhu bank
nawakantipur long