citizens life insurance long ad
stcnepal long ad

मतदाता नामावली दर्ता तथा अद्यावधिक पुनः सुरु

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । उपनिर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली निर्वाचन आयोगले पुनः सुचारु गर्ने निर्णय गरेको छ । आयोगको निर्णयबाट उपनिर्वाचन प्रयोजनको लागि देशभर गत फागुन १४ गतेदेखि मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएको थियो ।

प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उपनिर्वाचन हुने इलाम र बझाङ जिल्लामा वैशाख २५ गतेदेखि र बाँकी सबै जिल्लामा सोमबारदेखि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट साबिकमा झैँ मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गरिएको छ।

पेसा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगाना भन्दा फरक अर्को कुनै जिल्लामा बसोबास गरिरहेको व्यक्तिले नाम दर्ताका लागि आवश्यक प्रमाण सहित प्रिरजिष्ट्रेशन प्रणाली मार्फत आवेदन गरेमा त्यस्तो व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्ला मतदाता नामावली सङ्कलनको कार्य साबिकमा झैँ प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले गर्ने व्यवस्थालाई निरन्तरता दिइएको प्रवक्ता पौडेलको भनाई छ।

त्यसैगरी कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा रहेको नाम, जन्म मिति, नागरिकता सम्बन्धी विवरण, बाबुको नाम, आमाको नाम, पति वा पत्नीको नाम, बाजेको नाम तथा वडा भित्रको मतदान स्थल लगायतका विवरणमा रहेको त्रुटि सच्याउन, मतदाताको नामावली सार्न, मतदाताको दोहोरो नाम हटाउन, नागरिकता त्याग, रद्द तथा मृत्यु भई नामावलीबाट नाम हटाउन निवेदन दिन र झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश भएको भए उजुरी दिन समेत सकिने छ।

 

IME Life
kumari