stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

यूनियनपे सँगको सहकार्यमा खल्तीको क्यासब्याक मेला

हरेक स्क्यान एण्ड पे मा १० प्रतिशत क्यासब्याक

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं। ‘खल्ती’ले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना प्रयोगकर्ताका लागि ‘क्यासब्याक मेला’ अफर उपलब्ध गराएको छ।

यूनियनपे सँग सहकार्य गर्दै प्रदान गरिएको यस अफरमा खल्ती प्रयोगकर्ताहरूले तोकिएका ब्राण्डहरूको १००ं आउटलेटहरूमा यूनियनपे को क्यूआर स्क्यान गरी भुक्तानी गर्दा थुप्रै क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

चैत्र १४ देखि वैशाख ३० सम्म लागू हुने यस अफरमा खल्ती प्रयोगकर्ताहरूले यूनियनपेको क्यूआर खल्तीमार्फत स्क्यान गरी छिटो र सरल तरिकाले भुक्तानी गर्दै १०% क्यासब्याकको लाभ समेत उठाउन सक्नेछन्।

विभिन्न मुभी हल, क्याफे र रेस्टुरेन्ट, स्वास्थ्य सेवा प्रदायक, फेसन ब्राण्ड, ट्राभल र एड्भेन्चर, डिपार्टमेन्टल स्टोरहरूका आउटलेटहरूमा भुक्तानी गर्दा उक्त क्यासब्याकको लाभ लिन सकिने कम्पनीले जनाएको छ।

आइएनआइ सिनेमा, न्यु म्यु, डल्ले, मोन्स्टर मिल, ई–फार्मेसी , मनकामना दर्शन लगायतका थुप्रै ब्राण्डहरूको आउटलेटहरूमा यस अफर उपलब्ध छ। साथै अन्य थप ब्राण्डहरू पनि यस अफरमा जोडिने क्रम जारी रहेको कम्पनीले जनाएको छ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्– “यूनियनपे सँगको सहकार्यमा खल्तीले नयाँ वर्षको अवसर पारी ‘ क्यासब्याक मेला’ अफर उपलब्ध गराएको छ।

खल्तीमा उपलब्ध हुने क्यासब्याक अफरहरू थुप्रै प्रयोगकर्ताहरूले रुचाएको कुरालाई मध्यनजर गर्दै हामीले ‘क्यासब्याक मेला’ उपलब्ध गराएका छौं।

स्क्यान एन पे मा उपलब्ध भएको यस अफरले धेरै प्रयोगकर्ताहरू सहज, सरल र छिटो तरिकाले भुक्तानी गर्न मिल्ने डिजिटल प्रक्रिया सँग परिचित हुनुका साथै टन्नै क्यासब्याकको मज्जा लिन सक्नेछन्। यसका साथै ‘ क्यासब्याक मेला’ अन्तर्गत नयाँ प्रयोगकर्ताहरू पनि डिजिटल भुक्तानी प्रति आकर्षित हुनेछन् भन्ने कुरामा हामी विश्वस्त छौं।”

ISO 27001 M 2013  बाट मान्यता प्राप्त साथै WITSA Global Innovation & Tech Excellence Awards 2022 र देशकै सबै भन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायक २०२३ को रूपमा सम्मानित खल्ती आफ्नो सेवाको आठौँ वर्षमा छ।

खल्तीमा देशभरिका ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख+एजेन्ट, ६० हजार+मर्चेन्ट व्यवसायी, ५५ं बैंक तथा वित्तीय संस्था, १५००ं सहकारी र ३००ं कर्मचारी को परिवारमा रूपान्तरण भएको छ।

सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बिमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।

prabhu mahalaxmi
kumari