citizens life insurance long ad
stcnepal long ad

एमबिबिएस अध्ययनका लागि १५ लाख छात्रवृत्ति

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जुम्लाको तातोपानी गाउँपालिकाले पालिकाभित्रका जेहेन्दार, दलित तथा अल्पसङ्ख्यक छात्रछात्रालाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

गाउँपालिकाको आब २०८०र८१ को नीति, कार्यक्रम र बजेटमा यहाँका विद्यार्थीले मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण भएको खण्डमा उक्त विद्यार्थीलाई पहिलो वर्षको पढाइ खर्चका लागि प्रत्येक वर्षमा एक जनालाई एमबिबिएस छात्रवृत्ति शीर्षकमा रु १५ लाख रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताउनुभयो ।

एमबिबिएस प्रवेश परीक्षामा पास भएका तातोपानीका विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा नं ५ मा निर्माण हुने पाँच शय्या अस्पतालको निर्माण कार्यलाई छिटो सम्पन्न गरी आवश्यक चाहिने पाँच शय्या अस्पतालको स्थायी दरबन्दी तत्काल स्वीकृतिका लागि सम्बन्धी निकायमा पहल गरी सञ्चालनमा ल्याइने गाउँपालिका उपाध्यक्ष रेवती रावलले बताउनुभयो ।

एमबिबिएस पढिसकेपछि कम्तीमा दुई वर्षसम्म निःशुल्क पाँच शय्याको अस्पतालमा सेवा दिने गरेर कार्यविधि बनाउन लागि परेको गाउँपालिका अध्यक्ष चौलागाईंलेको भनाइ छ ।

पालिकाका प्रत्येक माध्यमिकस्तरका सामुदायिक विद्यालयमा नर्सिङ सेवा सञ्चालनका लागि नीति तथा कार्यक्रममा ल्याइएको तातोपानी गाउँपालिकाले जनाएको छ ।

यसअघि जिल्लाको पातारासी गाउँपालिकाले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

IME Life
kumari