stcnepal long ad
global ime bank long

विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर विदेश जाने विद्यार्थी रोकेको दाबी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

ललितपुर । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित शिक्षण संस्थाले बर्सेनि हजारौँ विद्यार्थीलाई उच्च शिक्षाका लागि विदेश जानबाट रोकेको दाबी गरेका छन् । नेपालमा उच्च शिक्षा प्रदान गर्ने त्यस्ता शिक्षण संस्थाको सङ्ख्या ५९ वटा पुगेका छन् ।

यी कलेजमा हाल २९ हजार ५०६ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये सात हजार पाँच सय जनाले पूर्ण वा आंशिक छात्रवृत्ति पाएका छन् ।

इन्टरनेसनल एजुकेसन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) ले आइतबार आयोजना गरेको अन्तर्क्रियामा सो संस्थाका अध्यक्ष लक्ष्मण केसीले आफूहरूले बर्सेनि ६० अर्ब रुपियाँ बिदेसिनबाट जोगाएको दाबी गर्नुभयो ।

“उच्च शिक्षाका लागि विदेश जान चाहनेलाई स्वदेशमै बसेर विदेशी विश्वविद्यालयको शिक्षा आर्जनको सुविधा भएको छ,” उहाँले भन्नुभयो, “विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजको सुविधा नेपालमा नभएको भए अधिकांश विद्यार्थी आज स्वदेशमा हुँदैन थिए । त्यसैले हजारौँ विद्यार्थीलाई पलायन हुनबाट रोक्न हामी सफल भएका छौँ ।”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्क अनुसार गत वर्ष एक लाख १० हजार २१७ जनाले नोअब्जेक्सन लेटर लिएका थिए ।

अध्यागमन विभागका अनुसार गत वर्ष एक लाख आठ हजार ५४२ युवा अध्ययनका लागि बिदेसिएका थिए । गत वर्ष एक खर्ब ४२ करोड रुपियाँ उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीमार्फत बाहिरिएको थियो ।

IME Lifesidebar
kumari