evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

एकपटक एमबीबीएसका मौका परीक्षा दिने व्यवस्था मिलाइदिन आग्रह

Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । चिकित्सा शिक्षातर्फ एमबीबीएस अध्ययनरत ‘ब्यारियर’मा परेका विद्यार्थीले एकपटक मौका परीक्षा दिन त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानसँग माग गरेका छन्।​

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आइतबार विद्यार्थीहरूले दुईदेखि तीन महिनासम्मको समय दिएर परीक्षामा सामेल गराउन त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानसँग माग गरेका हुन्।

उनीहरूले कोरोनाकालमा लकडाउनका कारण राम्रोसँग पढ्न नपाई ब्यारियरमा परेको गुनासो गरेका छन्।

ब्यारियर सिस्टममा विश्वविद्यालयको शैक्षिक कार्यक्रमको भर्ना रद्द भई विद्यार्थीहरू बहिर्गमनमा पर्ने गर्छन्। मौका परीक्षा नै नदिई दुई वर्ष पढिसकेपछि कुनै विषयमा थोरै अङ्क ल्याउँदा ब्यारियरमा पार्ने गरिएको पीडित विद्यार्थीको गुनासो छ।

himalayan life insurance
igi long