evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

गत वर्ष मुद्रास्फीति,चालू खाता घाटा र प्रत्यक्ष वैदेशिक लगानीको सुचांक खराव

Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वार्षिक तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत वर्षमा मुद्रास्फीति, चालु खाता घाटा, प्रत्यक्ष वैदेशिक लगानीलयातका सूचकांक खराब देखिएका छन् भने विप्रेषण, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकांक सकारात्मक रहेका छन् ।

सरकारले गत आर्थिक वर्षका लागि वार्षिक औसत उपभोक्ता मुद्रास्फीति सात प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेकोमा ७.७४ प्रतिशत पुगेको छ । अर्थात् गत वर्षको मूल्यवृद्धिले सरकारले राखेको वाञ्छित सीमा ०.७४ प्रतिशतले नाघेको छ ।

त्यस्तै गत आर्थिक वर्षमा समग्र वैदेशिक व्यापार घटेको देखिन्छ । गत आर्थिक वर्षमा आयात १६.१ र निर्यात २१.४ प्रतिशतले घटेको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा आयात २४.७ र निर्यात ४१.७ प्रतिशतले बढेको थियो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा चालु खाता रु। ७२ अर्ब १६ करोडले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २४.६ प्रतिशतले कमी आई रु. ७ अर्ब ५४ करोड रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.५ अर्ब ९६ करोड कायम भएको छ ।

अघिल्लो आर्थिक वर्षमा प्रत्यक्ष वैदेशिक लगानी रु. १८ अर्ब ५६ करोड थियो । गत आर्थिक वर्षमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.२ र अमेरिकी डलरमा १२.१ प्रतिशतले बढेको छ ।

त्यस्तै, शोधनान्तर स्थिति रु। २ खर्ब ९० अर्ब ५२ करोडले बचतमा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु. २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा थियो ।

कूल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको र यस्तो सञ्चितिले १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

यही अवधिमा विस्तृत मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको देखिन्छ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ ।

गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा रहेको कूल निक्षेप रु। ५७ खर्ब १० अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु. ४७ खर्ब ९७ अर्ब रहेको छ । विसं २०७९ असार मसान्तमा २००९.५ को विन्दुमा रहेको नेप्से सूचकांक २०८० असार मसान्तमा २०९७.१ को विन्दुमा कायम भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कूल धितोपत्र बजार पुँजीकरण रु. ३० खर्ब ८२ अर्ब ५२ करोड कायम भएको पाइएको छ ।निरज रन्जितबाट

igi long
himalayan life insurance long ad