macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एनआइसी एसिया बैंकको खुद नाफा ४ अर्ब ६५ करोड, चुक्ता पुँजीभन्दा ठूलो रिजर्भ कोष

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एनआइसी एसिया बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ६५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफा १०.३५% ले बढेको हो ।

बैंकको खुद ब्याज आम्दानी ९.५८% ले बढेर १२ अर्ब ३७ करोड ११ लाख रुपैयाँ पुगेको छ । साथै, सञ्चालन नाफा पनि १४.४५% बढेपछि खुद नाफामा वृद्धि भएको हो । यसको रिजर्भ कोष चुक्ता पुँजी भन्दा बढी देखिएको छ ।

रिजर्भमा ४६.०४% बढेर १४ अर्ब ३८ करोड ८४ लाख ३८ हजार रुपैयाँ जम्मा भएको छ । यता, चुक्ता पुँजी भने ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँमा स्थिर छ । प्रतिसेयर आम्दानी पनि आकर्षक देखिएको छ ।

अघिल्लो  वर्षको  तुलनामा  प्रतिसेयर आम्दानी ३.७७ रुपैयाँले बढेर ४०.२२ रुपैयाँ कायम भएको छ । यस बैंकको प्रतिसेयर नेटवर्थ २५६.४१ रुपैयाँ छ ।

himalayan life insurance
igi long
NTA long ad