राष्ट्र बैंकले रु.२ खर्ब ४० अर्ब आन्तरिक ऋण उठाउने
विकास ऋण पत्रबाट मात्रै ७४ प्रतिशत
Nepal Rastra Bank
काठमाडौं । नेपाल राष्ट्र बैंक सरकारी कोषको आवश्यक्ता पूर्तीका लागि चालू आर्थिक वर्षमा २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ।
केन्द्रीय बैंकले चालू आवका लागी आन्तरिक ऋण तालिका सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
राष्ट्र बैंकले विकास ऋण पत्र जारी गरेर १७ खर्ब ९ करोड रूपैयाँ आन्तरिक ऋण उठाउने घोषणा गरेको छ। विकास ऋण पत्रको अवधि ५,६ र ८ वर्ष रहनेछ। यसैगरी बैंकले ट्रेजरी बिलबाट ५५ अर्ब रूपैयाँ ऋण उठाउने भएको छ ।
बैंकले २८ दिनदेखि ३६४ दिनसम्मको अवधिका लागी ट्रेजरी बिल जारी गर्दै आएको छ। नागरिक बचत पत्रबाट ५ अर्ब रुपैयाँ र वैदेशिक रोजगार बचतपत्रबाट १ अर्ब रुपैयाँ ऋण उठाउने भएको छ। यी दुबै बचत पत्रको अवधि ५/५ वर्षको हुनेछ।





















