citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सनराइज बैंकले संस्थापक शेयर बिक्री गर्ने

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । सनराइज बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैकले संस्थापक समुहको १ लाख २२ हजार ४५ कित्ता शेयर बिक्री गर्ने भएको हो ।

बैकले यसअघि संस्थापक शेयरधनीहरुका लागि ३५ दिने समय राखेर शेयर बिक्रीमा ल्याएको थियो । तर बैंकले तोको उक्त समयमा आवेदन नपरेपछि अन्य व्यक्ति, कम्पनी र संस्थाका लागि शेयर विक्रीमा ल्याएको हो ।

उक्त शेयरमा ७ दिनभित्र आफूले दिन चाहेको शेयर संख्या खुलाई काठमाडौंको गैह्रीधारास्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्ने जनाएको छ ।

बिक्रीमा राखिएको उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२५ रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी शेयर खरिद आवेदन दिनुपर्ने जनाएको छ ।

 

himalayan life insurance
igi long