citizens life insurance long ad
stcnepal long ad

निर्माण, खानी, यातायात र ढुवानी क्षेत्रलाई पुनर्कर्जा सुबिधा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण, खानी, यातायात तथा ढुवानी व्यावसायीलाई पुनर्कर्जाको सुविधा उपलब्ध गराउने भएको छ । मौद्रीक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत राष्ट्र बैंकले दुई त्रैमाससम्म लगातार वृृद्धिदर ऋणात्मक रहेका क्षेत्रमा पुनर्कर्जाको सुविधा दिने जनाएको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्षका दुई त्रैमाससम्म लगातार ऋणात्मक वृद्धि हुन गएका क्षेत्रहरुसँग सम्बद्ध ऋणीहरुले सुविधा पाउने गरी कोषमा उपलव्ध स्रोतको  सीमाभित्र रही पुनर्कर्जा सुविधा उपलव्ध गराउने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ ।

तथ्याङ्क कार्यालयका अनुसार खानी, निर्माण व्यवसाय र यातायात तथा ढुवानी तथा स्टोरेज व्यवसाय क्षेत्रको वृद्धिदर पछिल्ला दुई त्रैमासमा ऋणात्मक छ ।

IME Life
kumari