prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

नौ महिनामा भित्रियो नौ खर्ब रेमिट्यान्स

रेमिट्यान्स उच्चदरमा बढ्दा अर्थतन्त्रमा भरथेग, बाह्य क्षेत्र निरन्तर सन्तुलनमा

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्यासँगै रेमिट्यान्स अप्रवाह उच्चदरमा बढेको छ । चालू आर्थिक वर्षको नौ महिनामा नौ खर्ब ३ अर्ब रुपैयाँबराबर रेमिट्यान्स भित्रिएको छ ।

जुन गएको आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको पहिलो नौ महिनामा रेमिट्यान्स ०.२ प्रतिशतले घटेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार चैतमा पछिल्ला नौ महिनायताकै सबैभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । चैतसम्मको तथ्यांकलाई हेर्दा मासिक औसत एक खर्ब तीन अर्ब रुपैयाँबराबर रेमिट्यान्स भित्रिरहेको देखिन्छ । चैतमा चालू आर्थिक वर्षकै सर्वाधिक एक खर्ब नौ अर्बको रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

यस अवधिमा अमेरिकी डलरमा ६ अर्ब ९२ करोडको रेमिट्यान्स भित्रिएको हो । डलरमा यस्तो वृद्धिदर १३.९ प्रतिशत हो । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो ।

चैतसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले बढेको छ । यसबीच श्रम स्वीकृति लिनेको संख्या तीन लाख ८७ हजार आठ सय ३९ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई दुई लाख १७ हजार नौ सय ५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या करिब दुई सय प्रतिशतले बढेको थियो ।

शोधनान्तर एक खर्ब ८० अर्बले बचतमा
रेमिट्यान्स उच्चदरमा बढेसँगै शोधनान्तर अवस्थासमेत सन्तुलित देखिएको छ । देशबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी भएपछि शोधनान्तर स्थिति एक खर्ब ८० अर्बले बचतमा पुगेको छ । गत आर्थिक वर्षको नौ महिनामा यो दुई खर्ब ६२ अर्बले घाटामा थियो ।

गत भदौसम्म शोधनान्तर २३ अर्ब ६८ करोड रुपैयाँ घाटामा थियो । पछिल्लो समय सोधनान्तरमा निरन्तर सुधार आएकाले बचत हुन पुगेको हो ।

शोधनान्तर स्थिति बचतमा गएसँगै बैंक तथा वित्तीय संस्थामा तरलता प्रवाह सहज हुँदै जाने देखिएको छ ।

रेमिट्यान्स बढेकै कारण शोधनान्तर पनि उल्लेख्य बचतमा गएको हो । यद्यपि, आयातमा भने वृद्धि भएको छ । शोधनान्तर स्थिति बचत हुने क्रम बढ्दै जाँदा यसले निक्षेप संकलनमा समेत सुधार आएको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.० प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.५ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.२ प्रतिशत छ ।

बाह्य क्षेत्र सुधारोन्मुख देखिए पनि अर्थतन्त्र संकुचित भएकाले सन्तोषजनक हुने ठाउँ नरहेको अर्थशास्त्रीहरूको भनाइ छ ।

नेपाल राष्ट बैंकका पूर्वकार्यकारी निर्देशक केशव आचार्यले अहिलेको सुधार क्षणिक मात्रै भएकाले सुधार हुनुपर्ने अझै बाँकी रहेको बताए । उनले भने, ‘अहिलेको सुधार ट्रान्जेटरी मात्रै हो । आयातको लय पहिलेभन्दा फरक छैन ।

राष्ट्रिय तथ्यांक कार्यालयले अर्थतन्त्र ऋणात्मक भएको तथ्य सार्वजनिक गरिसकेको छ । बाह्य क्षेत्रमा आएको क्षणिक सुधारलाई समग्र अर्थतन्त्रको सुधार मान्न मिल्दैन ।’

दुई आवकै सबैभन्दा धेरै सञ्चिति
विदेशी मुद्राको सञ्चितिमा पनि सुधार देखिएको छ । एक महिनामै सञ्चिति ३२ अर्ब ५२ करोड रुपैयाँले बढेर १४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ ।

यो भनेको पछिल्लो दुई आर्थिक वर्षकै उच्च सञ्चिति हो । यो सञ्चितिले अब ११ महिनाको वस्तु र ९.४ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्छ । यसअघि सञ्चिति घटेर ६.६ महिनासम्म धान्ने अवस्थामा झरिसकेको थियो ।

महँगी बढ्यो
त्यस्तै, चैतमा मुद्रास्फीति बढेर ७.७६ प्रतिशत पुगेको छ । अघिल्लो महिना महँगी दर ७.४४ प्रतिशतमा सीमित थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ६.९३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ८.४२ प्रतिशत रहेको छ । चैतमा काठमाडौं उपत्यकामा ८.५७ प्रतिशत, तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशत मूल्यवृद्धि रहेको राष्ट्र बैंकले जनाएको छ ।

तर,जोखिम कायमै
मासिक आयात पछिल्लो नौ महिनाकै उच्च छ । चैतमा मात्रै एक खर्ब ४३ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको हो । चालू आर्थिक वर्षमा औसत एक खर्ब ३३ अर्ब रुपैयाँ मासिक आयात हुने गरेको छ ।

राष्ट्र बैंकका अनुसार चैतसम्म १२ खर्बको वस्तु आयात भएको हो । गत आर्थिक वर्षको अन्त्यसम्म १९ खर्ब २० अर्बको आयात भएको थियो । पोहोर चैतको तुलनामा ३२ प्रतिशत आयात बढेको राष्ट्र बैंकले जनाएको छ ।

आयात बढ्दै गयो र मूल्यवृद्धि यत्तिकै चापमा बस्ने हो भने विदेशी मुद्रा फेरि क्षयीकरण हुन सक्ने पूर्वकार्यकारी निर्देशक केशव आचार्य बताउँछन् ।

नौ महिनामा कुल वस्तु निर्यात २६.३ प्रतिशतले कमी आई १ खर्ब १८ अर्ब २८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६९.४ प्रतिशतले वृद्धि भएको थियो ।

चालू खातामा घाटा पनि बढेको छ । भदौमा ३७ अर्ब १८ करोड पुगेको घाटा चैतमा ५१ अर्ब ८२ करोड पुगेको छ ।

अमेरिकी डलरमा अघिल्लो वर्षको नौ महिनामा चार अर्ब २७ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ४० करोड २८ लाखले घाटामा पुगेको छ । ‘सरकारले पुँजीगत खर्च गर्न सकेको छैन । मूल्यवृद्धि चापमै छ ।

बाह्य क्षेत्रमा तीन महिनायता सुधार देखियो भन्दैमा यसलाई टिकाउ मान्न सकिँदैन’ आचार्यले भने, ‘उत्पादन बढाउन नसकिएसम्म जोखिम कायम नै हुन्छ ।’आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

२८ वैशाख २०८०, बिहीवार ०७:०८ बजे प्रकाशित

NTA long ad
stcnepal long ad