stcnepal long ad
ime life insurance
national life
global ime bank long

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा सुयोग श्रेष्ठ चयन

शुक्रबार चितवनमा सम्पन्न एसोसिएसनको १७औँ वार्षिक साधारणसभाले सर्वसम्मत पदाधिकारी चयन गरेको हो ।

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुयोग श्रेष्ठ चयन भएका छन् । शुक्रबार चितवनमा सम्पन्न एसोसिएसनको १७औँ वार्षिक साधारणसभाले सर्वसम्मत पदाधिकारी चयन गरेको हो ।

एसोसिएसनको उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका सिइओ बोधराज देवकोटा, सचिवमा सिन्धु विकास बैंकका सिइओ रामकुमार गिरी र कोषाध्यक्षमा लुम्बिनी विकास बैंकका सिइओ नरेशसिंह बोहरा चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सिइओ प्रकाश पौडेल, ज्योति विकास बैंकका सिइओ श्रीचन्द्र भट्ट र एक्सल डेभलपमेन्ट बैंकका सिइओ डा. इन्द्र कट्टेल चयन भएका छन् ।

नवनियुक्त कार्यसमितिका पदाधिकारीको शपथग्रहण समेत शुक्रबार नै सम्पन्न भएको छ । एसोसिएसनको वार्षिक साधारणसभाले आ.व. ०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आ.व. ०७९/८० को अनुमानित आय–व्यय र लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावसमेत सर्वसम्मतिले पारित गरेको छ ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari