citizens life insurance long ad
stcnepal long ad

भारतलाई उछिन्दै बेलायत पुनः बन्यो विश्वको छैटौं ठूलो सेयर बजार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भारतलाई उछिन्दै बेलायत विश्वको छैटौं ठूलो सेयर मार्केट बनेको छ । बेलायतको बजार करिब ९ महिनापछि पुनः छैटौं स्थानमा उक्लिएको हो । मंगलबार बेलायतमा ‘एक्सचेन्ज ट्रेडेड फन्ड’ बाहेकका सबै सूचीकृत सेयरहरुको समग्र बजार पुँजीकरण ३१ खर्ब अमेरिकी डलरभन्दा बढी पुगेपछि भारतीय बजारभन्दा माथि उक्लिएको हो ।

बेलायती सेयर बजारको पुँजीकरण भारतको भन्दा करिब ५.१ अर्ब डलर बढी भएको ब्लुमबर्गले उल्लेख गरेको छ ।

बेलायतको ‘एफटीएसई ३५०’ सूचकले यस वर्ष विश्वभरको सेयर बजार मापन गर्ने ‘एमएससीआई अल कन्ट्रि वर्ल्ड इन्डेक्स’ लाई समेत पछि पारेको छ । यस वर्ष एफटीएसई सूचक ५.९ प्रतिशतले वृद्धि हुँदा एमएससीआई वर्ल्ड इन्डेक्स भने ४.७ प्रतिशतले मात्र बढेको छ ।

बेलायतको सेयर बजारलाई मुख्यगरी ब्लुचिप कम्पनीहरु समावेश भएको ‘एफटीएसई १००’ सूचकांकले साथ दिएको छ । एफटीएसई १०० रुचकांकले गत साता इतिहासमै पहिलो पटक ८,००० विन्दु पार गरेर रेकर्ड बनाएको थियो ।

यता, भारतीय सेयर बजार भने यस वर्ष २.३३ प्रतिशतले घटेको छ । विशेषगरी, अडानी ग्रुपका कम्पनीहरमा आएको भारी गिरावटका कारण भारतीय सेयर बजार प्रभावित बनेको हो । यसका सथै, भारतीय रुपैयाँको कमजोर प्रदर्शनका कारण पनि बजार प्रभावित भएको छ ।

जनवरी २४ मा हिन्डेनबर्ग रिसर्चले रिपोर्ट सार्वजनिक गरेयता अडानी ग्रुपका कम्पनीहरुको बजार पुँजीकरण मात्र १ खर्ब ४२ अर्ब डलरले घटेको छ । जसका कारण भारतको समग्र सेयर बजार पुँजीकरणलाई नै असर गरेको देखिन्छ ।

IME Life
kumari