आज माघ १५ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज माघ १५ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
बैंकले आज आइतबारका लागि तय गरेको अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ १४ पैसा र बिक्री दर १३० रुपैयाँ ७४ पैसा पुगेको छ।
यस्तै, युरो एकको खरिद दर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३६ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १३ पैसा र बिक्री दर १६१ रुपैयाँ ८७ पैसा रहेको छ।
१५ माघ २०७९, आइतवार ०७:०१ बजे प्रकाशित