citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

‘ई–सेवा’ १५ औँ वर्षमा प्रवेश, विभिन्न अफरहरु सार्वजनिक

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘ई–सेवा’ १४ वर्ष पूरा गरेर १५ औँ वर्षमा प्रवेश गरेको छ । ई–सेवा वार्षिकोत्सवको अवसरमा मंगलबार पत्रकार सम्मेलन गर्दै विभिन्न अफरहरु सार्वजनिक गरेको हो ।

सम्मेलनमा ई–सेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवा सुविधा ल्याउने प्रतिवद्धता समेत जनाएको छ । ई–सेवाले १४ औँ वार्षिकोत्सवको अवसरमा बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कारोबारमा विभिन्न अफरहरू सार्वजनिक गरेको हो ।

अफरहरुमा बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक एकाउन्ट ई–सेवामा लिंक गरेमा १४० क्यास पाइने तथा बिहान १० देखि ११ बजेसम्मलाई डाइमण्ड अफरमा एक रिवार्ड पोइन्टसहित ७ जना भाग्यशाली विजेतालाई हीरा उपहार दिने लगायतका अफर ल्याएको जानकारी दिएको छ ।

ई(सेवाका प्रमुख म्यानेजर आशिष गौतमले १४ औं वार्षिक उत्सवको अवसरमा ई–सेवाले आकर्षक अफर ल्याएको उल्लेख गर्नुभयो ।

त्यस्तै, ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले ई–सेवा प्रयोगकर्ताको दैनिकी कसरी सहज बनाउन सकिन्छ भन्ने कुरामा केन्द्रित हुने गरेको बताउनुभयो ।

उहाँले आगामी दिनमा पनि अहिले भइरहेका सेवालाई थप परिस्कृत गर्दै वित्तीय सेवालाई सहज बनाइ डिजिटल अर्थतन्त्रलाई बलियो बनाउँदै लैजाने बताउनुभयो ।

ई–सेवाले आफ्नो १४ वर्षे यात्रामा नगदरहित अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्‍याउन सफल भएको जनाएको छ ।

१४ वर्षको अवधिमा ई–सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ७० लाख नाघेको र अप्रत्यक्ष रूपमा करिब एक करोड ७० लाख जनसंख्याले ई–सेवा मार्फत सेवा लिइरहेका कम्पनीले जनाएको छ ।

 

himalayan life insurance
igi long