citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

चीनसँगको सम्बन्ध विस्तार प्राथमिकतामा

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोभिड–१९ महामारीपछि कमजोर बन्दै गइरहेको चीनसँगको आर्थिक तथा व्यापारिक सम्बन्धलाई पुनस्र्थापना र विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार बालुवाटारमा भएको नेपाल–चीन उद्योग वाणिज्य सङ्घका अध्यक्ष त्रिभुवनधर तुलाधरको नेतृत्वमा गएको सङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उक्त कुरा बताउनुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले धेरैभन्दा धेरै चिनियाँ पर्यटक भित्र्याउने तथा लगानी र व्यापारिक सम्बन्धसमेत विस्तार गर्ने सरकारको प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।

कोभिड–१९ महामारीपछि चीनले बाह्य मुलुकसँगको सिधा उडान र व्यापारिक सम्बन्ध स्थापना गरिसकेको चर्चा गर्दै उहाँले त्यसबाट नेपालले लाभ लिन सक्ने वातावरण निर्माणका लागि पहल गर्ने जानकारी गराउनुभयो ।

भेटमा सङ्घको प्रतिनिधिमण्डलले नेपाल र चीनबीचको आर्थिक सम्बन्ध विस्तार गर्नुपर्ने तथा यसका लागि सरकारले पहल गर्नुपर्ने विषयमा विभिन्न सुझाव दिएको थियो ।

सङ्घका अध्यक्ष तुलाधरले चीनसँगको स्थल नाका पूर्ण क्षमतामा सञ्चालनमा ल्याइनुपर्ने तथा वस्तु आयातसँगै पर्यटकका लागि पनि नाका खुला गर्ने सम्बन्धमा सरकारले चिनियाँ पक्षलाई सहमत गराउनुपर्ने सुझाव दिनुभयो ।

द्विपक्षीय व्यापार अभिवृद्धिमा भुक्तानीको समस्या भइरहेका कारण नेपालमा चिनियाँ बैङ्कको शाखा स्थापना गर्नुपर्ने तथा यसबाट व्यापार र लगानी वृद्धिमा सहयोग पुग्ने अध्यक्ष तुलाधरले प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

himalayan life insurance
igi long