sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

सानिमा बैंकको १०% बोनस सेयरमा मूल्य समायोजन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि यसको भाउ प्रतिकित्ता २४७ रुपैयाँ १८ पैसा कायम भएको छ ।

आइतबारको अन्तिम कारोबार मूल्य २७१ रुपैयाँ ९० पैसालाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो । सोमबार समायोजित मूल्यलाई आधार मानेर यसको कारोबार खुल्नेछ ।

बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद लाभांश (कर प्रयोजन) प्रस्ताव गरेको छ ।

लाभांश प्रस्ताव सहित बैंकले पुस ३ गते साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

gold
prabhu bank
nawakantipur long