stcnepal long ad
global ime bank long

महालक्ष्मी विकास बैंकद्वारा विभिन सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखा कार्यालयहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकले “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

यस बैंकको थापाथली शाखाद्वारा त्रिपुरेश्वर, काठमाडौंमा अवस्थित नेपाल दृृष्टिविहिन कल्याण संघमा अध्ययनरत बालबालिकाहरुको लागि ब्रेल पुस्तक तयार गर्न १८७५ थान ब्रेल पेपर हस्तान्तरण गरिएको छ ।

दृष्टिविहिन भएकाहरुको संरक्षण गदैं उनीहरुको स्वास्थ्य र शिक्षमा समेत सहयोग प्रदान गर्ने सामाजिक कार्यमा लामो समयदेखि सक्रिय उक्त संस्थामा अध्ययनरत बालबालिकाहरुको शिक्षामा थप टेवा पुगोस् भन्ने उद्देश्यले बैंकले सहयोग प्रदान गरेको हो ।

त्यस्तै बैंकको न्युरोड शाखाले सराङकोट धार्मिक एवं पर्यटक क्षेत्र विकास समिति लाई पंञ्चमुखि गणेश मुर्ती स्थापनाको लागी अक्षेरुपी पचास हजार रुपैयाको आर्थिक सहयोग प्रदान गरेको छ । धार्मिक एवं पर्यटकिय क्षेत्र विकासमा थप टेवा पुगोस् भन्ने हेतुले बैंकले उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।

यसैगरि बैंकको ठुटिपिपल शाखाद्वारा ओमसत्तिया गाँउपालिका वडा नं १, रुपन्देहीमा अवस्थित श्री गंगा विशुन आधारभूत विद्यालयलमा अध्ययनरत बालबालिकाको लागि बाल उद्यान सम्बन्धी पिङ्ग, ढिके पिङ्ग लगायतका सामाग्री हस्तान्तरण गरिएको छ ।

मनोरञ्जनका गतिविधिहरुले बिद्यार्थीहरुको सर्वाङ्गिण विकासमा सहयोग पु(याउने हुदा बैंकले बाल उद्यानका लागि सामाग्री हस्तान्तरण गरेको हो ।

उल्लेखित कार्यक्रम सँगसगै बैंकको रुकुम शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) लाई मिटिङ टेबुल निर्माण गरी हस्तान्तरण गरिएको छ ।

प्रहरी कार्यालयको हाताभित्र सञ्चालनमा रहेको बैठक कक्षमा विभिन्न बैठक तथा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्न सहजता होस् भन्ने उद्देश्यले बैंकले उक्त कक्षमा मिटिङ टेबुल निर्माण गरेर जिल्ला प्रहरी कार्यालयलाई प्रदान गरेको हो ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

IME Lifesidebar
kumari