stcnepal long ad
ime life insurance
national life
global ime bank long

यी हुन सबैभन्दा धेरै कर तिर्ने व्यक्ति, संस्था तथा कम्पनीहरु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ मा सबै भन्दा बढी कर तिर्ने व्यक्ति, संस्था तथा कम्पनीलाई सम्मान गरेको छ ।

राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा आन्तरिक राजश्व विभागले आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत गरेर सबैभन्दा बढी कर तिरेका कम्पनी र व्यक्तिहरुलाई सम्मान गरेको हो।

जस अनुसार व्यक्तिगत्तर्फ सबैभन्दा बढी आयकर तिरेका जावलाखेल ग्रुपका अध्यक्ष विजयकुमार साह सम्मानित भएका छन् । सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रुपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सम्मानित भएको छ ।

आन्तरिक करदातातर्फ सूर्य नेपालले सबभन्दा बढी कर तिरेको छ । त्यसैगरी निर्याततर्फ बढी कर तिर्ने मा शिवशक्ति उद्योग, सबैभन्दा बढी कर तिर्ने उद्योगमा राजेश मेटल क्राफ्ट उद्योग र कृषितर्फ सबैभन्दा बढी कर तिर्ने ओसिबी फूड रहेका छन् । वस्तु व्यापारतर्फ हंसराज हुलासचन्दले सबभन्दा बढी कर तिरेर सम्मानित भएको छ ।

बीमातर्फ नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा धेरै कर तिरेको छ भने सहकारीतर्फ छिमेक लघुबित्त र बैंकहरुमा नबिल बैँकले सबैभन्दा बढी कर तिरेको छ । ऊर्जामूलक उद्योगतर्फ चिलिमे जलविद्युत लिमिटेडले सबैभन्दा बढी कर तिरेर सम्मानित भएको छ । स्वास्थ्यतर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सबैभन्दा बढी कर तिरेको छ भने पर्यटनतर्फ मनकामना केबुल कारले सबैभन्दा धेरै कर तिरेको छ ।

रेमिट्यान्सतर्फ आईएमई रेमिट्यान्स कम्पनीले सबैभन्दा धेरै कर तिरेको छ भने मध्यम स्तरीय करदाता अन्तर्गत नेपाल धितोपत्र बिनिमय बजारले बढी कर तिरेर सम्मानित भएको छ। सबैभन्दा धेरै भ्याट तिरेर गोर्खा ब्रुअरी पनि सम्मानित भएको छ।

सबैभन्दा धेरै कर तिर्ने कम्पनीहरू:

IME Lifesidebar
kumari