sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको २५औं वार्षिक साधारणसभा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २०७९ मंसिर २ गते नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी काठमाडौंमा आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधारणसभा सम्पन्न भयो ।

उक्त सभामा प्रस्ताव गरिएको ३.३६६३ प्रतिशत बोनस शेयर र ७.६३३७ प्रतिशत नगद लाभांस (लाभांशमा लाग्ने कर समेत) गरी जम्मा ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भई सम्पन्न भयो ।

सभाबाट पारित ३.३६६३ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्ता पूँजी रु ११ अर्ब ५१ करोड ४६ लाख ७८ हजार १४ पुग्नेछ ।

आर्थिक वर्ष २०७८/७९ मा बैंकको निक्षेप परिचालन २७.७१ प्रतिशतले बृद्धि भई रू. १४१ अर्ब ५० करोड पुगेकोेछ । त्यसै गरी बैंकले रू. १२४ अर्ब ८७ करोड खुद कर्जा प्रवाह गरी २७.०१ प्रतिशतको वृद्घि हासिल गरेकोछ ।

हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १५६ शाखा र १४४ एटिएम र १५ एक्टेन्सन काउण्टर मार्फत आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

 

 

prabhu bank
nawakantipur long