stcnepal long ad
global ime bank long

हिमालयन र सिभिल बैंकले मर्जर प्रक्रिया सम्पन्न गर्न मागे थप ३ महिनाको समय

दुई बैंकबीच असार २९ गते बुधबार गाभ्ने गाभिने सम्झौतामा हस्ताक्षर भएको हो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकले मर्जर प्रक्रिया सम्पन्न गर्नको लागि थप ३ महिनाको समय माग गर्दै नेपाल राष्ट्र बैंकमा निवेदन दिएका छन् ।

तोकिएको समयमा मर्जर प्रक्रिया सम्पन्न गरेर एकीकृत कारोबार गर्न सक्ने अवस्था नभएपछि दुवै बैंकले थप ३ महिनाको समय माग गर्दै राष्ट्र बैंकमा निवेदन दिएका हुन्।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले गत मंगलबार राष्ट्र बैंकमा समय थपको लागि निवेदन दिएको बताए ।

पोखरेलले राष्ट्र बैंकले तोकेको समयमा अधिकांश बैंकहरुले मर्जरको कार्य नसक्ने र सबैले थप समय माग्ने गरेको उल्लेख गर्दै यो सामान्य र नियमित प्रक्रिया जस्तै भएको बताए । पोखरेलले पुस मसान्तसम्ममा एकिकृत कारोबार गर्ने लक्ष्य सहित काम भईरहेको बताए ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न लागेको हो । दुई बैंकबीच असार २९ गते बुधबार गाभ्ने गाभिने सम्झौतामा हस्ताक्षर भएको हो । नेपाल राष्ट्र बैंकले साउन २३ गते यी २ बैंकलाई मर्जर तथा प्राप्तिको शैदान्तिक सहमति दिएको थियो ।

अब दुवै संस्थाले विशेष साधारणसभा बोलाएर मर्जर तथा प्राप्ति समबन्धि प्रस्ताव पारित गर्नु पर्ने छ। त्यसपछि राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गर्ने छ ।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गर्नको ढिलाई गरेकोले साधारणसभा बोलाउनमा ढिलाई भएको बैंकले जनाएको छ ।

दुई बैंकबीच भएको सम्झौता अनुसार प्राप्ति पश्चात बन्ने बैंकको नाम हिमालयन बैंक नै हनेछ भने सिभिलको नाम विलय हुनेछ।

त्यस्तै संचालक समितिमा पनि हिमालयन बैंकको संचालक मात्र रहनेछन्। कर्मचारी तर्फ हिमालयन बैकका अशोक शमशेर राणा नै सीईओ बन्नेछन् भने सिभिल बैंकका सीईओ सुनिल पोखरेल वरिष्ठ डेपुटी सीईओ हुनेछन्।

त्यस्तै दुवै बैंकबीच कर्मचारी समायोजनमा पनि सहमति जुटेको छ। कर्मचारी समायोजन गर्दा खाईपाई आएको तलब सुविधा घट्नेछैन भने समान पदमा समायोजन हुनेछ।

हिमालयन र सिभिलबीच स्वाप रेसियो १००:८१ हुने सहमति जुटेको छ। जस अनुसार सिभिल बैंकको १०० कित्ता शेयर हुनेले प्राप्तिपछि बन्ने हिमालयन बैंकको ८१ कित्ता शेयर पाउने छन्।

 

IME Lifesidebar
kumari