citizens life insurance long ad
stcnepal long ad

५१ लाख कित्ता संस्थापक सेयर सानिमा बैंकले बिक्री खुला गरे

सर्वसाधारणले पनि खरिद गर्न सक्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज कात्तिक १६ गते बुधबारदेखि सानिमा बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ५१ लाख कित्ता सेयर बिक्री खुला गरेको छ । उक्त सेयरको प्रतिकित्ता न्यूनतम भाउ १४५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले यसै मूल्यलाई आधार मानेर आवेदन दिनुपर्नेछ ।

यसमा व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । कात्तिक २३ गतेसम्म आवेदन दिने म्याद रहेको छ । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

लगानीकर्ताले सानिमा बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आवेदन फारम बुझाउन सक्नेछन् । यसमा न्यूनतम १० लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

IME Life
kumari