citizens life insurance long ad
stcnepal long ad

पोखराका व्यवसायी आन्दोलित

नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालय घेराउ गर्ने चेतावनी

Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । बैंक तथा वित्तिय संस्थाले अस्वभाविक रूपमा ब्याजदर बढाएपछि पोखराका व्यवसायी आन्दोलित भएका छन् । होटल संघ पोखराले एकतर्फी रूपमा बढाएको ब्याजदर तत्कालै नघटाए नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालय घेराउ गर्ने चेतावनी दिएको छ ।

संघ अन्तर्गतका ब्यवसायी भेला भएर बैंक तथा वित्तिय संस्था विरुद्ध संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् ।

संघका अध्यक्ष लक्ष्मण सुवेदीले तिहारसम्म कुर्ने र ब्याजदर नघटाए आन्दोलन सुरु हुने बताएका छन। ‘तिहारसम्म हेर्छौं । नभए राष्ट्र बैंक र अर्थ मन्त्रालय घेर्ने निर्णय भएको छ,’ उनले भने, ‘७ प्रतिशतमा लिएको ब्याज अहिले १८ प्रतिशत पुग्यो । हामीले कसरी तिर्ने यत्रो ब्याज रु’ व्यवसायीहरूको प्रश्न छ।

कोरोनाले थलिएको ब्यवसायमा चर्को ब्याजदरले झनै आक्रान्त पारेको उनको भनाई छ । होटल संघ मात्रै होइन, पोखराका उद्योगी व्यवसायीको छाता संस्था पोखरा उद्योग बाणिज्य संघ पनि बैंकविरुद्ध खनिएको छ ।

संघले बैठक नै बसेर आन्दोलनका कार्यक्रम तय गरेको छ । संघले ब्याजदर १ अंकमा झार्न माग राखेको छ । उद्योग व्यवसाय कोभिडका कारण थलिएको र अहिले बैंक तथा वित्तिय संस्थाले ब्याजदर बढाएपछि झनै आक्रान्त हुने अवस्था आएको संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बताएका छन।

बैंकहरुले ब्याजदर अस्वभाविक रुपमा बढाए, सबै बाँच्नुपर्छ, तर यो त अति भएन र रु उनले भने। आगाी आइतबार सरोकारवालाको बैठक राखेका छौं । बैठकले जे निर्णय गर्छ त्यही कार्यान्वयन हुन्छ ।’ उनले आन्दोलन गर्नुको विकल्प नभएको बताएका छन ।

व्यवसायीले आरोप लगाए जस्तो बैंकले ब्याजदर नबढाएको बैंकहरुको भनाइ छ । अहिले डिपोजिटमा पनि व्याज दर बृद्धि भएको छ । त्यतिमात्रै होइन, बजारमा मुद्रा तरलता नभएका कारण लगानी गर्ने पैसा नभएको बैंङकर्सहरुको भनाइ छ।

बैंकले आफूखुशी ब्याजदर बढाएपनि नियामक निकाय राष्ट्र बैंक मौन छ । बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याज ७ प्रतिशतबाट १५ प्रतिशत हुँदै अहिले १८ प्रतिशतसम्म पुगेको छ ।
वित्तीय संस्थाले ४० प्रतिशत सम्म लाभांश बाँड्दा घाटामा रहेको व्यवसायिक क्षेत्रलाई भने तर्साउने नियतका साथ काम गरिरहेको व्यवसायीहरुले आरोप लगाउदै आएका छन। अहिले यहाँका अधिकांश बैंकको लगानी अनुत्पादक क्षेत्रमा गएको अनुमान छ ।

 

IME Life
kumari