stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

यस ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर पाइनेछ ।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज भदौ ३१ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

बैंकले भदौ १७ गतेबाट प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको हो ।

यसमध्ये १८ लाख युनिट ऋणपत्र व्यक्तिगत तथा बाँकी १२ लाख युनिटमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ ।

सामूहिक लगानी कोषहरुले कुल ६० हजार इकाई पाउनेछन् । यस ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर पाइनेछ ।

यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधिको केबीएल डिबेन्चर २०८९’ नाममा ऋणपत्र जारी गरेको हो ।

यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

prabhu mahalaxmi
kumari