stcnepal long ad
global ime bank long

नेपाल राष्ट्र बैंकले दशैलाई लक्षित गर्दै यहि भदौ २६ गतेदेखि नयाँ नोट सटही गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैलाई लक्षित गर्दै यहि भदौ २६ गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ । राष्ट्र बैंकले यस वर्ष दशैका लागि १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाउने तयारी गरेको छ ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि ५, १०, २०, ५० र १०० सय रुपैयाँका खुद्रा नयाँ र सुकिला नोट बैंक तथा वित्तीय संस्थाहरु मार्फत सर्वसाधारणलाई सहटी गर्ने तयारी गरेको छ ।

विगतमा राष्ट्र बैंकको बैंकिङ कार्यालयमा र केहि बैंकका शाखाबाट मात्र सटहि सुविधा दिने गरेकोमा भिडभाड भएको गुनासो भएपछि बैंक तथा वित्तीय संस्थामार्फत नै सटही गर्ने राष्ट्र बैंकले जनाएको छ ।

तर अहिलेसम्म पनि राष्ट्र बैंकले नयाँ नोटको वितरण सम्बन्धी आधिकारिक रुपमा योजना भने सार्वजनिक गरिसकेको छैन । दशैमा दक्षिणा स्वरुप नयाँ नोट दिने परम्परा रहदै आएको छ ।

तर दशै तिहार तथा चाडवाडका उपलक्षमा यसरी ल्याइने नोटमा अविर केशरीले चाढै बिग्रिने गरेको छ ।

त्यसैले पछिल्ला दिनमा राष्ट्र बैंकले दक्षिणाका रुपमा नयाँ नोट दिने भन्दा पनि मोबाइल बैंकिङ तथा डिजिटल वालेट मार्फत कारोबार गर्न आग्रह गर्दै आएको छ ।

IME Lifesidebar
kumari