citizens life insurance long ad
stcnepal long ad

माछापुच्छ्रे बैंकद्वारा विन्ध्यवासिनी र गलेश्वर मन्दिरमा क्युआर कोड मार्फत भुक्तानी सेवा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भुक्तानी प्रणालीलाई सहज बनाउँदै लगेका बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बढी उपस्थिति हुने क्षेत्रमा थप सेवा विस्तार गरिरहेका छन् ।

माछापुच्छ्रे बैंक लिमिटेडले पोखरास्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास र बेनीको गलेश्वर शिवालय क्षेत्र विकासमा क्युआर कोडमार्फत भुक्तानी सेवा सुरू गरेको छ ।

डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा बैंकले कास्की र म्याग्दीको पवित्र तीर्थ स्थल विन्ध्यवासिनी र गलेश्वर धाममा छुट्टाछुट्टै दिनमा क्युआर कोड सञ्चालनमा ल्याएको हो ।

पोखरामा रहेको विन्ध्यवासिनी मन्दिरमा आइतबार भएको एक कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.राम शरण खरेल, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कार्यवाहक अध्यक्ष सूर्य प्रसाद सुवेदी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा उक्त क्युआर सेवाको शुभारम्भ गर्नुभएको हो ।

साथै म्याग्दीको बेनी स्थित गलेश्वर शिवालय क्षेत्रमा आज मंगलबार भएको एक कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. खरेल, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव रेग्मी, बेनी नगरपालिकाका मेयर सुरत के.सी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाले संयुक्त रुपमा क्युआर सेवाको शुभारम्भ गर्नुभएको हो ।

यो सेवा संचालनमा आएपछि मन्दिरमा आउने दर्शनार्थीहरुले क्युआर कोड बाटै भेटी चढाउन सक्नेछन् ।

दर्शनार्थीहरुले क्युआर कोड सेवा निस्शुल्क प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्युआर कोडको प्रयोग आम मानिसमा बढ्दै गई रहेको बैंकले जनाएको छ ।

IME Life
kumari