citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मुक्तिनाथ विकास बैंकको खुद नाफासँगै इपीएसमा पनि सुधार

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । मुक्तिनाथ विकास बैंकको खुद नाफा गत आर्थिक वर्षको अन्त्यसम्ममा १८.४७ प्रतिशतले बढेर १ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष बैंकको सोही अवधिमा बैंकले १ अर्ब १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरण योग्य नाफा ८१ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी २१.०८ प्रतिशत र सञ्चालन नाफा १९.५० प्रतिशतले बढेको छ । जसका कारण खुद नाफामा सुधार आएको हो । बैंकको रिजर्भ कोषमा पनि ४४.३६ प्रतिशत सुधार हुँदै १ अर्ब ६२ करोड २१ लाख रुपैयाँ जम्मा भएको छ ।

प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७८ पैसा बढेर २४ रुपैयाँ २२ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २१ पैसा छ ।

himalayan life insurance
igi long