citizens life insurance long ad
stcnepal long ad

प्राइम बैंकको मुनाफा तीन अर्ब ६२ करोड

नाफाबाट लाभांश दिन सक्ने क्षमता १२ प्रतिशत मात्रै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्राइम कमर्सियल बैंकको मुनाफा ११ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब ६२ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

बैंकले अघिल्लो आर्थिक वर्षमा तीन अर्ब २६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । मुनाफाका आधारमा प्रतिशेयर आम्दानी १९ रुपैयाँ छ । वितरण योग्य मुनाफलाई हेर्ने हो भने बैंक सँग लाभांश दिन सक्ने क्षमता १२ प्रतिशत मात्रै छ ।

समिक्षा अवधिमा बैंकले खुद व्याज आम्दानी १३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा बैंकले ६ अर्ब ७९ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

बैंकले एक खर्ब ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पूँजी १८ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ अर्ब ५० करोड रुपैयाँ छ ।

पूँजी कोष १३.३३ प्रतिशत रहेको बैंकको खराव कर्जा बढेर १।४० प्रतिशत पुगेको छ । सिडी रेसियो ८७.२० प्रतिशत छ ।

 

IME Life
kumari