citizens life insurance long ad
stcnepal long ad

५४ अर्ब वैदेशिक लगानी प्रतिबद्धता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले नीतिगत रूपमा सहजीकरण गरेपछि प्रत्यक्ष वैदेशिक लगानी वृद्धि भएको छ । विदेशी लगानी आकर्षित गर्ने सरकारको नीति अनुसार एक वर्षको अवधिमा करिब सवा ५४ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी(एफडिआई) प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब ८ करोड रुपैयाँ लगानी प्रतिबद्धता वृद्धि भएको छ।

आर्थिक वर्ष २०७७/७८ मा ३२ अर्ब ७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएकोमा गत आर्थिक वर्ष २०७४/७९मा बढेर ५४ अर्ब १५ करोड रुपैयाँ प्रतिबद्धता आएको विभागले जनाएको छ।

विदेशी लगानीकर्ताले सेवा क्षेत्र, पर्यटन, सूचना प्रविधि, कृषि तथा वनमा आधारित उद्योग, म्यानुफ्याक्चरिङ लगायतका क्षेत्रमा स्वीकृति लिएका छन् ।

विदेशीले सानादेखि ठूला उद्योगमा लगानी गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेर उद्योग विभागबाट अनुमति लिएका हुन् ।

पछिल्ला वर्ष अन्य देशको तुलनामा चीनको लगानी प्रतिबद्धता बढेको आजको नागरिक दैनिकमा समाचार छ ।

IME Life
kumari